हातहतियारसहित दुई जना पक्राउ परेका छन्।
बिज्ञापन
भिमदत्त नगरपालिका-९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन्। इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त टोलीलाई उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।








