त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा दोब्बर शुल्क लाग्न थालेको छ। विमानस्थलमा जाने सवारीधनीले अहिले यसअघिको भन्दा दोब्बर शुल्क तिरिरहेका छन्।
बिज्ञापन
अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन्। यसअघि, दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्नुपर्थ्यो। यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ पुगेको छ। यसअघि, यी सवारीधनीले ४० रुपैयाँ तिर्नुपर्थ्यो।
बिज्ञापन
यस्तै, माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ र गह्रौँ सवारीको १५० रुपैयाँ तोकिएको छ।








