होमपेज > टाउको बिनाको शव फेला

टाउको बिनाको शव फेला

बिज्ञापन
बिज्ञापन

बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ।

बिज्ञापन

कोहलपुर नगरपालिका वडा नम्बर ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए। मगरका अनुसार आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको बताए। सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको बताए । प्रहरी निरीक्षक भटट्का अनुसार हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ। ‘जसले जे काम लगाउँछ सोही काम गरिदिने र सामान्य रुपमा जीवन यापन गर्दै आएका उनको वीभत्स हत्या भएको छ। हामी सूक्ष्म तरिकाले अनुुसन्धान गरिरहेका छौं,’ उनले बताए।

दसैंको टीकाको दिन राति उनको हत्या भएको अनुमान प्रहरीले गरेको छ। घटनास्थलदेखि झण्डै दुई सय मिटर टाढाको सिसी टिभी क्यामेराममा एक जना व्यक्तिले कालो पोलिथिनको झोला बोकेर हिँडिरहेको दृश्य फेला परेको छ। ती व्यक्ति को हुन र उनले कालो पोलिथिनको झोलामा के बोकेर हिँडेका थिए भनेर अनुसन्धान केन्द्रित गरेको प्रहरीले स्रोतले जानकारी दियो। आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते