बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ ।
बिज्ञापन
६ वर्षअघिनै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो । सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको २ करोड ७५ लाख ६४ हजार २५३ रुपैयाँ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए ।








