होमपेज > यस्ता छन् घिउ कुमारीका आश्चर्यजनक ९ फाइदा

यस्ता छन् घिउ कुमारीका आश्चर्यजनक ९ फाइदा

बिज्ञापन
बिज्ञापन

औषधीय गुण भएको हाम्रो घरआँगनमा सजिलै पाईने घिउ कुमारी पोथ्रा वर्गमा पर्ने वनस्पति हो । स्वास्थ्य र सौन्दर्यको दृष्टिकोणले महत्वपूर्ण मानिने घिउ कुमारीलाई आयुर्वेदमा संजिवनी पनि मानिन्छ ।

बिज्ञापन

घिउ कुमारीमा मानव शरीरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्ले विभिन्न प्रकारको रोगहरु निको पार्न मदत गर्दछ ।  छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । घिउ कुमारी अर्थात एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न। घिउ कुमारी पाइल्सका रोगीहरुलाई अचुक औषधी हो । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने शीतलता प्रदान गर्छ ।

बिज्ञापन

घिउ कुमारीको प्रयोगबाट पेटको रोग जस्तै: वायु ,अल्सर, अम्लपित्त आदिको सिकायत हटेर जाने गर्दछ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा घ्यू कुमारीलाई बेजोड् मानिन्छ।घिउ कुमारीले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ। दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ। यस्ले छालाको नरमपनलाई कायम राख्दछ । गर्मिमा सनबर्नलाई रोकेर छालाको सुरक्षा गर्दछ।

-घ्यु कुमारीका फाइदाहरु:

बिज्ञापन

१-रोग प्रतिरोधक क्षमता बढाउँन

घिउ कुमारीमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन हुन्छ । जस्ले रगतको कमी हटाएर रोग प्रतिरोधक क्षमता बढाउँदछ । घ्यु कुमारीको जुसको नियमित सेवनले छालाको भित्रीभाग मजबुत हुने गर्दछ ।

२-शरीरमा फूर्ती  ल्याउन

घिउ कुमारीको काँडादार पातलाई ताछेर यस्को रस निकाल्ने गरिन्छ । तीन चार चम्मच रस विहान खालिपेटमा लिनाले दिनभर शरीरमा फूर्ती रहन्छ ।

३-कब्जियतमा फाईदा  

घिउ कुमारीको जुस पिउनाले कब्जियत रहन्न ।

४-कपाल चमकदार र स्वस्थ 

घिउ कुमारीको जुस मेहंदीमा मिलाएर लगाउँनाले कपाल चमकदार र स्वस्थ हुन्छ ।

५- सुगर नियन्त्रण 

घिउ कुमारीको जुस पिउँनाले शरीरमा सुगरको स्तर उचित रुपमा रहने गर्दछ ।

६-पेटको विकार हटाउँन

घिउ कुमारीको जुसको सेवनले बवासीर, डायबिटीज, गर्भाशय को रोग तथा पेटको विकारलाई हटाउँने गर्दछ ।

७-साैन्दयता बढाउन

घिउ कुमारीको जुस पिउनाले छालाको खरावबी, मुहांसे, रूखी त्वचा, धुपबाट डडेको छाला, झुर्रियां, अनुहारको दाग धब्बा, आखाँको कालो घेरा हट्दछ । घ्यु कुमारी को जुसले छालालाई नरम र स्वस्थ्य बनाएर राख्दछ । यस्ले स्किनको कोलेजन तथा लचीलेपनलाई बढाएर स्किनलाई जवान र तन्दुरुस्त राख्दछ ।

८-इन्फेक्शन रोक्न

घिउ कुमारीको जुस पिउनाले मच्छडले टोकेर फैलने इन्फेक्शन कम हुन्छ ।

९-हीमोग्लोबिनको मात्रा बढाउन

घिउ कुमारीको जुसले रगत प्यूरीफाई गर्दछ । साथमा हीमोग्लोबिनको कमी पनि पुरा गर्दछ ।  शरीरमा ह्वाईट ब्लड सेल्सको संख्या बढाउँदछ ।

 

-यो पनि पढ्नुहोस्:

कपाल किन र्झछ? यी हुन् कपाल झर्नुका ११ कारणहरु

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते