टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपाली सेनाका पिउठको मृत्यु भएको छ । दुर्घटनामा देउमाई गाउँपालिका–२ देउमाई इलाम घर भई रिपु मर्दन गणमा कार्यरत २६ वर्षीय सुरेन राई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिज्ञापन
शनिवार बेलुका गोरखाबाट लक्ष्मी बजार जाँदै गरेको ग १ क ५६५४ नम्बरको ट्रिपरले गोरखा नगरपालिका–९ लक्ष्मी बजारबाट ठिङगुरे स्वाँराको रिपु मर्दन गण तर्फ आउँदै गरेको बा ७० प २८७१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बिज्ञापन
दुर्घटनामा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक २५ वर्षीय जनम राई भने घाइते भएका छन् । दुवै जना रिपु मर्दन गणमा कार्यरत पिउठ रहेको जनाएको छ ।








