होमपेज > २१ वटा आइफोनसहित एक युवक पक्राउ

२१ वटा आइफोनसहित एक युवक पक्राउ

बिज्ञापन
बिज्ञापन

धनगढी विमानस्थलबाट सोमबार २१ वटा आइफोनसहित कैलालीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मोडेलका आइफोनका मूल्य करिब साढे ८ लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

बिज्ञापन

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरीलाई विमानस्थलमा काठमाडौँ पठाउने लागेको अवस्थामा २१ वटा आईफोनसहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । चौधरी विमानस्थलको यात्री प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा त्यहाँ रहेको एक्सरे मेसिनमा सामान चेकजाँच गर्दा ती मोबाइल फेला परेको प्रजिअ मिश्रले बताए ।

बिज्ञापन

चौधरीले काठमाण्डौ पठाउन लागेका आइफोनहरुको बील नभएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालय त्रिनगरमा पेश गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए । ‘भन्सारकै ऐन नियम अनुसार अनुसन्धान र कार्वाही हुने हो,’ प्रवक्ता बोहराले भने, ‘भन्सार कार्यालयकै सिफारिसमा चौधरी आज प्रहरी नियन्त्रणमा छन् ।’

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते