होमपेज > माथिबाट खसेको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु

माथिबाट खसेको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु

बिज्ञापन
बिज्ञापन

पूर्वी मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।

बिज्ञापन

बकैया गाउँपालिका–६, साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा थिङको बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा बाटोमा ढुङ्गाले लागेर मृत्यु भएको थियो । घरबाट विद्यालय पुग्न झन्डै २ घण्टा लाग्ने वडा अध्यक्ष फुलबहादुर बोम्जनले जानकारी दिनुभयो । दिदी र साथीहरूसँग घर फर्किँदै गरेकी थिङको टाउको र खुट्टामा चोट लागेको थियो । बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय फापरबारीमा प्रहरी निरीक्षक सहितको टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते