होमपेज > स्मार्टफोन निर्माता रियलमीले बजारमा ल्याउदै ३०० वाट क्षमताको चार्जर

स्मार्टफोन निर्माता रियलमीले बजारमा ल्याउदै ३०० वाट क्षमताको चार्जर

बिज्ञापन
बिज्ञापन

चिनियाँ स्मार्टफोन निर्माता रियलमीले ३०० वाट क्षमताको चार्जर ल्याउने भएको छ । अगस्ट १४ मा चीनमा आयोजना हुने विशेष कार्यक्रममार्फत कम्पनीले यो चार्जिङ प्रविधि सार्वजनिक गर्न लागेको हो ।

बिज्ञापन

यो वायर्ड चार्जरको बारेमा पहिले नै केही अफवाह चलेका थिए, जसलाई रियलमीले पुष्टि गरेको छ । रोचक कुरा त के छ भने, आधिकारिक रूपमा घोषणा हुनुअघि नै यो प्रविधिको प्रयोग देखाउने एक भिडिओ पनि लिक भएको छ । भिडिओमा देखिए अनुसार, यो चार्जरले मात्र ३२ सेकेन्डमा स्मार्टफोनको ब्याट्रीलाई १५ प्रतिशतसम्म चार्ज गर्छ, र ३५ सेकेन्डमा ब्याट्री १७ प्रतिशत पुगिसक्छ । साओमीले पनि गत वर्ष ३०० वाटको चार्जिङ सिस्टमको घोषणा गरेको थियो, तर अहिलेसम्म कुनै पनि फोनमा यसलाई प्रयोग गरिएको छैन । यसैले, रियलमीको ३०० वाटको चार्जर नै पहिलो पटक बजारमा आउने अनुमान गरिएको छ ।

बिज्ञापन

रियलमीले यसअघि नै २४० वाटको चार्जिङ सपोर्ट गर्ने फोनहरू उत्पादन गरिसकेको छ । प्राविधिक विशेषज्ञहरुका अनुसार यो चार्जरले स्मार्टफोन बजारमा ठूलो हलचल मच्चाउने निश्चित छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते