होमपेज > तीन लाख ७२ हजार रुपियाँको भेटी सङ्कलन

तीन लाख ७२ हजार रुपियाँको भेटी सङ्कलन

बिज्ञापन
बिज्ञापन

गलेश्वरधाममा तीन लाख ७२ हजार रुपियाँभन्दा धेरै भेटी सङ्कलन भएको छ ।

बिज्ञापन

गलेश्वर दर्शन तथा पूजाअर्चनाका लागि सोमबार बिहान साढे चार बजेदेखि नै पुगेका भक्तजनहरुले चढाएको भेटि मङ्गलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रुपियाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

बिज्ञापन

पहिलो सोमबार आएका भक्तजनले दानपेटिका तथा अन्यत्र चढाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मङ्गलबार बिहान गणना गरेको थियो । मन्दिर क्षेत्रभित्र चडाएको रकम बिहान गणना गरेर बेनीस्थित गरिमा विकास बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । मन्दिरमा हुने ठूला पर्वहरु पछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको छ । साउन महिनामा यस वर्ष चार सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिड पछि मङ्गलबार रकम गणना गरेर सार्वजनिक गर्ने कोषका कार्यालय सचिव रामबहादुर बानियाँको भनाइ छ।

मन्दिरमा राखिएका दानपेटिकाहरुमा भक्तजनले चढाएको रकम कोषका पदाधिकारी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको रोहबरमा गणना गरिएको उहाँले बताउनुभयो। २०८० को साउन महिनामा नौ लाख २७ हजार २३ रुपियाँ सङ्कलन भएको थियो भने २०७९ को साउन महिनाभरि १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटी वापत सङ्कलन भएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते