होमपेज > एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइसु’ योजना, के-के छन् बिशेषता?

एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइसु’ योजना, के-के छन् बिशेषता?

बिज्ञापन
बिज्ञापन

एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइसु’ योजना सञ्चालनमा ल्याएको छ।

बिज्ञापन

ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सक्नेछन्। ग्राहकले कुनै महत्त्वपूर्ण मिति वा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैं अन रहन सक्ने कम्पनीको भनाइ छ। आफ्नो सम्बन्धहरूलाई अझै प्रगाढ बनाउँदै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सकिने एनसेलले बताएको छ। यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरू हुन्छ। विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन्।

बिज्ञापन

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइसु’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन्। हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो।

“मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,” एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, ‘आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना संचालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं। ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्ने गरी परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन्। यो एक सेवा मात्र नभई सम्बन्धहरूलाई थप प्रगाढ बनाउने माध्यम पनि हो।’

बिज्ञापन

यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन्। एनसेलले फर्स्ट कम, फर्स्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरू वितरण गर्नेछ। यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रूपैयाँदेखि १ हजार ४९९ रूपैयाँ सम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने छ। सधैं अन योजनाका प्लानहरू अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन्। ८१२३३ डायल गरेर ‘सधैं अनु’ प्लानहरू सुरू गर्न सकिन्छ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरूमध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन्। काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत् होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ। बुकिङ गराएको नम्बर ७ दिनभित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचीबाट स्वतः हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन्।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते