कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो । उनका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको हो ।
बिज्ञापन
जिप सडकबाट करिब १०० मिटर तल खसेको उनले बताए । घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । उनीहरूको पहिचान भने खुलेको छैन ।








