होमपेज > दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा

दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा

बिज्ञापन
बिज्ञापन

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको ब्यवस्था गरिएको छ ।

बिज्ञापन

यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ । ६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने ब्यवस्था गरेको छ । जसअन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकरमार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५० प्रतिशतसम्मको छुट र सिल्भर ब्रान्डहरू-होटो र न्यानो डायपर्स मार्फत ४० प्रतिशतसम्मको छुटको ब्यवस्था गरिएको छ ।

बिज्ञापन

६।६ को विशेष आकर्षणका रूपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियान रहने जानकारी दिइएको छ । यसमार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नु हुनेछ । दराजले यसपटकको सेललाई छुटहरूका लागि अवसरका रूपमा मात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको ब्यवस्था गरेको छ ।

यस उपहार योजनाअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरू प्रदान गरिने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । एड टू कार्ट एण्ड विनअन्तर्गत, १० हजारभन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरूमध्ये ५ जना भाग्यशाली विजेताहरुको छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई ९ हजजारसम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी, बाई एण्ड विन अन्तर्गत, कम्तीमा ५ हजारको सामग्री खरिद गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यमानी विजेतालाई ५२ हजार ५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

बिज्ञापन

६.६ सेलमार्फत उपभोक्ताहरूले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरूलाई बेस्ट प्राइस ट्याग भएका उत्पादनहरू खोज्न नबिर्सनुहुन अनुरोध पनि गरेको छ । यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पार्नु भएमा र निर्धारित योग्यताको मापदण्ड पूरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सक्नुहुनेछ ।

यसका साथै, दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ । १४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नु पर्ने हुन्छ ।

त्यसपश्चात, रिटर्न र रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ, फिर्ताको कारण उल्लेख गरी, रिटर्न शिपमेन्ट टाइप चयन गर्नु पर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नु हुनेछ । यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।

दराजले तपाईंलाई सहज किनमेल अनुभवमात्र होइन, विश्वासिलो सेवा को पनि भरोसा दिन्छ । तसर्थ, निर्धक्क किनमेल गर्नुहोस्, र सामग्री निर्धारित गुणस्तर अनुसार नपरेमा वा मन नपरेमा सजिलै फिर्ता गर्नुहोस् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते