होमपेज > भोलि बुधबार शोक बिदा

भोलि बुधबार शोक बिदा

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको निधनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार शोक बिदा दिएको छ ।

बिज्ञापन

सांसद बोहोराको निधनले राष्ट्रप्रति समर्पित एक जनप्रतिनिधि गुमाएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नगरपालिकाले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । शोक बिदाका दिन सिद्धार्थनगर नगरपालिका मातहतका वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने नगर प्रमुख इश्तियाक अहमद खाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

विद्यालयमा सञ्चालन भइरहेको पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरू भने सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । सांसद बोहोराको निधनमा मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव समेत पारित भएको छ ।

काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा मंगलबार सांसद बोहोराको निधन भएको थियो । बोहोरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते