सिन्धुलीमा शनिबार राती फलामको गलले हानेर बाबुले छोराको हत्या गरेका छन्।
बिज्ञापन
हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ चपराका ७६ वर्षिय डुमानसिंह सार्कीले छोरा ४५ वर्षिय माईला भन्ने लिलाबहादुर पुर्कोटी सार्कीलाई गलले हानेर हत्या गरेका हुन। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार साढे ८ बजे राती घरायसी विवाद हुँदा डुमानसिंहले छोरा लिलाबहादुरलाई फलामको गलले टाउको र डाढमा प्रहार गरेका थिए।
बिज्ञापन
बाबुले गलले प्रहार गरेर घाईते भएका लिलाबहादुरलाई राती नै जिल्ला हस्पताल मकवानपुरमा उपचारका लागि लगिएकोमा साढे १० बजे राती मृत्यु भएको थियो। मृतकको शव आइतबार पोष्टमार्टम गरि आमा बिल्कु सार्कीले बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए।
बाबु डुमानसिंहलाई आइतबार पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको काफ्लेले जानकारी दिएका छन।








