होमपेज > आजको माैसम: यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको माैसम: यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

बिज्ञापन
बिज्ञापन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ।

बिज्ञापन

महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। तराई क्षेत्रमा हुस्सु लागेको छ।

बिज्ञापन

आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

बिज्ञापन

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन ,स्वास्थ्य, यातायात तथा हवाई उड्डययनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते