होमपेज > आईसीसी विश्वकप लिग-२: अमेरिकाद्धारा नेपाल लगातार पराजित

आईसीसी विश्वकप लिग-२: अमेरिकाद्धारा नेपाल लगातार पराजित

बिज्ञापन
बिज्ञापन

आईसीसी विश्वकप लिग- २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भएको हो।

बिज्ञापन

नेपालका लागि ओपनर अनिल साहले अर्धसतक बनाए। उनले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए। त्यसैगरी ओपनर आसिफ शेखले ६ रन, कुशल भुर्तेलले २९ रन,कुशल मल्लले ३३ रन, कप्तान रोहित पौडेल १, गुल्सन झा १२,आरिफ शेख २१ रन,दीपेन्द्रसिंह ऐरीले ३१ रन र सन्दीप लामिछानेले २ रन बनाए। सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेलेका थिए।

बिज्ञापन

अमेरिकाका लागि सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यसैगरी साड्ली भान शाक्ली र नोष्थुश केंजिगेले २/२ विकेट, जसदीप सिंह र हरमीत सिंहले १/१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो। अमेरिकाका साइतेजा मकामल्लालेसर्वाधिक ७५ रनको योगदान गरे। उनले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

त्यसैगरी कप्तान मोनांक पटेलले ६७ रन, आरोन जोन्स २६ रन, हरमीत सिंहले ५९ रनको आक्रामक इनिङ खेले। नेपालका लागि गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २र२ र कुशल भुर्तेलले १ विकेट लिए। यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो।

बिज्ञापन

तर, नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। नेपालले अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते