होमपेज > कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जना पक्राउ

कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

काठमाडौंको कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट दुई जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

बिज्ञापन

पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका-४ घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं-२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन्। एसपी अधिकारीका अनुसार शंकास्पद कारोबार भइरहेको खबरपछि परिसरबाट टोली खटिएको थियो। साबित्रीलाई फेला पारेर जाँच गर्दा उनीबाट १५ लाख नगद बरामद भएको एसपी अधिकारीले बताए। उनी उक्त रकम बैंकमा जम्मा गर्न हिँडेकी थिइन् । सोधपुछ गर्दा भारतीय नागरिकको रहेको र एक वर्षदेखि न्यूरोडमा काम गर्ने गरेको प्रहरीसमक्ष बताएकी थिइन्।

बिज्ञापन

कार्यालयमा सुरेशलाई फेला पारी थप चार लाख नगद फेला पारेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते