रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्।
बिज्ञापन
२ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ। गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। पहिरोले ४ घर बगाएको छ। थप विवरण आउन बाँकी छ।








