धरानबाट १४ सय २० किलो गाँजा र ट्रक बरामद गरिएको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय सुनसरी धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो । आज बिहान मुला लोड भएको को१ख ४७३३ ट्रकमा ४४ बोरा गाँजा फेला परेको हो ।
बिज्ञापन
गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका- ७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका- ७ का ४१ वर्षीय भुपेन्द्र राई पक्राउ परेका छन् । प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो ।








