होमपेज > श्रीलङ्कासँग भारत ३२ रनले पराजित, जेफ्री एक्लैले लिए ६ विकेट

श्रीलङ्कासँग भारत ३२ रनले पराजित, जेफ्री एक्लैले लिए ६ विकेट

बिज्ञापन
बिज्ञापन

श्रीलंकाले भारतविरुद्धको जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ३२ रनको जित हासिल गरेको छ। तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा जित निकालेसँगै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ। यसअघि पहिलो खेल बराबरीमा सकिएको थियो।

बिज्ञापन

श्रीलंकाले भारतलाई २०२१ पछि पहिलो पटक पराजित गरेको हो। यसबिचमा श्रीलंकाले ६ खेल गुमाउँदा एक खेल बराबरीमा सकिएको छ। श्रीलंकाको जितमा ६ विकेट लिएका लेग स्पिनर जफ्री भान्डर्से ‘म्यान अफ द म्याच’ घोषित भए। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। उसका लागि कमिन्दु मेन्डीस र आभिष्का फर्नान्डोले समान ४०-४० रन बनाउँदा कुशल मेन्डीसले ३० रन र दुनिथ वेलालगेले ३९ रन बनाए। वेलालगे र मेन्डीसले पछिल्लो क्रममाम उत्कृष्ट प्रदर्शन गरेका थिए। कप्तान चरिथा असलंकाले २५ रन बनाउँदा अकिल धनन्जय १५ रनमा आउट भए।

बिज्ञापन

भारतका लागि वासिंगटन सुन्दरले ३० रन खर्चिएर ३ विकेट लिँदा कुल्दीप यादवका नाममा २ विकेट रह्यो। त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले समान १-१ विकेट लिए। २ सय ४१ रनको लक्ष्य पछ्याएको भारत राम्रो सुरुवातका बाबजुत ४२।२ ओभरमा २ सय ८ रनमा समेटियो। पहिलो वेकटका लागि रोहित शर्मा र शुभमन गिलले ९७ रनको साझेदारी गरेपनि पछिल्लो क्रम समालिन असफल भयो। शर्मा ६४ रनमा आउट हुँदा अर्का ओपनर गिल ३५ रनमा आउट भए। अक्षर पटेल ४४ रन बनाएर पेभिलियन फर्किदा विराट कोहली १४ रनमा आउट भए। त्यस्तै वासिंगटन सुन्दरले १५ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।

भारतलाई धारासायि बनाउने क्रममा जेफ्री भेन्डर्सेले ३३ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै चरिथा आसालन्काले २० रन दिंदै ३ विकेट लिएका थिए। अब यी दुईको तेस्रो तथा अन्तिम एकदिवसीय बुधबार हुनेछ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते