होमपेज > स्क्रब टाइफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित

स्क्रब टाइफसबाट गोरखा जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित

बिज्ञापन
बिज्ञापन

स्क्रब टाइफसबाट जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टी भइसकेको छ।

बिज्ञापन

सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा १९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टी भएको कार्यालयको तथ्याङकमा उल्लेख छ। १६ दिन यता गोरखा र पालुङटार नगरपालिकको १४–१४ जनामा स्क्रब टाइफस पुष्टी भएको छ। यसैगरी भिमसेनथापा गाउँपालिकाको २ जनामा पनि संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ। गत आव जिल्लाभर १६३ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। गतवर्ष सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ८५ जनामा यो संक्रमण पुष्टी भएको थियो। यस्तै, गोरखा नगरपालिकाको ६२, भिमसेनथापा गाउँपालिकाको ११ र पालुङटार नगरपालिकाको १ जनामा संक्रमण पुष्टी भएको थियो।

बिज्ञापन

स्क्रब टाइफस किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने चिकित्सकहरु बताउँछन्। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ। खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँसम्म बुट लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने, मुसा नियन्त्रणको लागि उपयु क्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने र स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गए संक्रमण रोकथाम गर्न सक्ने बताइएको छ। साउन यता डेङ्गुबाट भने जिल्लाभर ३५ जना संक्रमित भएको स्वास्थ्य कार्यालयको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते