होमपेज > भारतसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

भारतसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

बिज्ञापन
बिज्ञापन

एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

बिज्ञापन

पहिलो खेलमा युएईलाई पराजित गरे पनि त्यसपछिका दुई खेलमा लगातार हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो। मंगलबार श्रीलंकाको दाम्बुला रंगशालामा नेपालले भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो। भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सक्यो।

बिज्ञापन

नेपालका लागि सीता रानामगरले १८ रन, कप्तान इन्दू वर्माले १४ रन र रुबिना क्षेत्रीले १५ रनको योगदान गरे। यस्तै विन्दू रावलले नटआउट १७ रन जोडिन्। बलिङमा भारतकी दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुन्धती रेडी र राधा यादवले २-२ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको थियो।

भारतका लागि ओपनरद्वय शफाली वर्मा र दयालन हेमलताले उत्कृष्ट प्रदर्शन गरे। वर्माले ४८ बलमा ८१ रन र हेमलताले ४७ रन जोडे। १४ ओभरसम्म पहिलो विकेटका लागि साझेदारी गर्दा उनीहरु दुई मिलेर १२२ रन जोडेका थिए। दुवैको विकेट नेपालकी सीता रानामगरले लिइन्। यस्तै कविता जोशीको एलबिडब्लूको धरापमा पर्नुअघि सन्जिवन सजनाले १० रन बनाइन्। यस्तै जमिमाहले १५ बलमा ५ चौका प्रहार गर्दै नटआउट २८ रन जोडिन्। यो समूहबाट भारत विजेता र पाकिस्तान उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते