नेपाली सेनाले अनुशासनको विषयलाई लिएर प्रमुख सेनानी दिरेन्द्र मल्ललाई नियन्त्रणमा लिएको छ।
बिज्ञापन
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा कार्यरत उनलाई केही समयअघि नियन्त्रणमा लिइएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले उनलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको जानकारी दिए। सैनिक अनुशासनरआचरणको विषयमा उनीमाथि छानबिन भइरहेको उनले बताए। यसबारे थप कुरा उनले खुलाएनन्। मल्ललाई कहिले नियन्त्रणमा लिएको भन्ने खुलाएनन्।
बिज्ञापन
‘उहाँमाथि सैनिक अनुशासनरआचरण सम्बन्धमा छानबिन भइरहेको छ,’ उनले भने।








