होमपेज > ब्राउनसुगरसहित एक युवक पक्राउ

ब्राउनसुगरसहित एक युवक पक्राउ

बिज्ञापन
बिज्ञापन

बारा जिल्लाको फेटा गाउँपालिका–१, भलुहीस्थित सडकखण्डमा प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमान्डमा खटिएको टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका एक युवकलाई शंका लागि रोकेर खानतलासी गर्दा बुधवार साँझ लागुऔषध सहित पक्राउ गरिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१, घोडासाहन निवासी मोबारक मियाका २२ वर्षीय छोरा अजमुल हक अंसारी रहेको प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले बताएका छन्।

खानतलासीको क्रममा अन्सारीको साथबाट दुईवटा प्लास्टिकको पुरिया बरामद गरिएको थियो। एउटा कालो प्लास्टिकभित्र सेतो रंगको सानो प्लास्टिकमा ब्राउन सुगर करिब ६०० मिलिग्राम र अर्को सेतो प्लास्टिकभित्र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न हुन सक्ने आशङ्कामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते