जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
विशेष सूचनाका आधारमा यही कात्तिक २१ गते जिल्ला र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई पोखरा-२ बागलुङ बसपार्कबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा-२ बाग्लुङ बसपार्कका २० वर्षीय कृष्ण श्रेष्ठ, म्याग्दी घर भई हाल पोखरा-३ नदीपुर बस्ने २५ वर्षीय प्रदीप पुन, पोखरा-४ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपाली र गणेशटोल बस्ने १९ वर्षीय सुमित परियार छन्।
बिज्ञापन
उनीहरुको साथबाट ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सु ५० लेखिएको एक सय ६० चक्की बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।








