सल्यानमा २० दिने सुत्केरीको मृत्यु भएको छ । कुमाख गाउँपालिका ५ झारकाँडाकी वर्ष २७ की सुत्केरी अस्मिता कुमाईको मृत्यु भएको हो ।
बिज्ञापन
आईतबार बेलुकी खाना खाएकोपछि एक्कासी स्वासप्रस्वासको समस्या देखिएपछि उपचारका लागि श्रीमान मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजादै गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए ।
बिज्ञापन
उनका अनुसार २०७६/०७७ मा कोरोना संक्रमणपछि कुमाई स्वासप्रस्वासको समस्याबाट प्रभावित भएकी थिईन् । स्वासप्रस्वासकै समस्याका कारण कुमाईको मृत्यु भएको हुनसक्ने ओलीले जानकारी गराए ।








