सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यलय भवनमा “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्स मार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजना हात पारेका छन्।
बिज्ञापन
आफुले पठाएको रकमको १८ गुणा गरी रु ७,५४,३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो। सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।
बिज्ञापन
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भईसकेका छन्। सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ। हरेक बर्ष नयाँ नयाँ बिषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस बर्ष भने आर्थिक सम्बृद्धीको बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।
बिज्ञापन








