होमपेज > मर्निङ वाकमा गएकी ‘ढुकुरे डन’की आमाको सुनको सिक्री लुटिएपछि…

मर्निङ वाकमा गएकी ‘ढुकुरे डन’की आमाको सुनको सिक्री लुटिएपछि…

बिज्ञापन
बिज्ञापन

सामाजिक सञ्जाल टिकटकका चर्चित पात्र ‘ढुकुरे डन’ की आमाको सुनको सिक्री लुटिएको छ । काठमाडौंको सितापाइलामा बस्ने उनको मर्निङ वाकमा सेतो गुम्बाबाट फर्केने क्रममा ‘ढुकुरे डन’ अर्थात सोबर्स घिमिरेकी आमा रेखा घिमिरेको सुनको सिक्री लुटिएको बताइएको छ ।

बिज्ञापन

घिमिरेकाअनुसार असार ३ गते विहान करिब ६ बजे नागार्जुन नगरपालिका–५ स्थिति बुद्धचोकमा सेतो गुम्बाबाट फर्कने क्रममा उनको सिक्री लुटिएको हो । बिहान करिब ६ बजे तीन जना हिँडिरहेको समयमा मोटरसाइकलमा आएका लुटेराले उनले लगाएको सुनको करिब पौने २ तोलाको सिक्री लुटेका हुन् । लुटेरा पक्राउ परेपछि उनी अपराध महाशाखा मिनभवन पुगेकी छिन् ।

बिज्ञापन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सुन चोरीमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई सार्वजनिक गरेको हो ।

पछिल्लो एक महिनायता विशेष मर्निङ वाकमा निस्किने महिलाहरुको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। मनोजकुमार केसीले बताए ।

बिज्ञापन

‘बिहानीपख विशेषतः मर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्‍यौं। र, यो अनुसन्धानलाई अगाडि बढायौं । यसमा ग्रुपनै संलग्न रहेको पाइयो । यसमा ४ जनालाई पक्राऊ गरियो । बाईकहरुको प्रयोग गरेर उनीहरुले लुटेका हुन्’ केसीले भने ।

उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते