होमपेज > सयपत्री हाइड्रोपावरले डाक्यो साधारणसभा, हकप्रद निष्कासन प्रस्ताव पेस हुने

सयपत्री हाइड्रोपावरले डाक्यो साधारणसभा, हकप्रद निष्कासन प्रस्ताव पेस हुने

बिज्ञापन
बिज्ञापन

सयपत्री हाइड्रोपावर लिमिटेडले आगामी असार २१ गते वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले सभा बोलाउने निर्णय गरेको हो ।

बिज्ञापन

सभा कुमारीगाल, काठमाडौंस्थित ज्योति बैंक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ८ बजे साधारणसभा बोलाएको हो। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमा निर्णय गरिनेछ।

बिज्ञापन

साथै, कम्पनीले हालको ३० करोड रुपैयाँ चुक्तापूँजीमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ। हकप्रद सेयरबाट संकलन हुने रकमको उपयोग तथा कम्पनीको प्रबन्धपत्र संशोधनसम्बन्धी विषयहरूमा पनि निर्णय गरिनेछ। साधारणसभा प्रयोजनका लागि कम्पनीले असार ९ गते बुक क्लोज मिति तय गरेको छ। त्यसकारण असार ८ गतेसम्म सेयर खरिद गरी नाम दर्ता गराएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र मतदान गर्न योग्य हुनेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन