होमपेज > धनुषाधाममा एक महिलाको हत्या, श्रीमान पक्राउ

धनुषाधाममा एक महिलाको हत्या, श्रीमान पक्राउ

बिज्ञापन
बिज्ञापन

धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ।

बिज्ञापन

धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ।

बिज्ञापन

प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्नेले जनाएको छ। देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ।

देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?