होमपेज > पछिल्लो २४ घण्टामा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा १५० मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा १५० मिलिमिटर वर्षा

बिज्ञापन
बिज्ञापन

पछिल्लो २४ घण्टामा कोशी र मधेस प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो ।

बिज्ञापन

साथै कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षा मापन भएको छ। हाल देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको र आगामी आगामी २४ घण्टाका लागि देश भरनै मनसुन सक्रिय रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?