होमपेज > साफ यू-२० च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै

साफ यू-२० च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै

बिज्ञापन
बिज्ञापन

साफ यू-२० च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ।

बिज्ञापन

प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हुनेछ। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ। उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

बिज्ञापन

समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्। भारत र भुटानले एकरएक खेल जितेका छन्। शुक्रबार भारत र माल्दिभ्सबीचको खेलछि सेमिफाइनल समिकरण पूरा हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?