होमपेज > म्याद गुज्रेका सामाग्री बच्ने ६९ फर्म कारबाहीमा, १० लाख जरिवाना

म्याद गुज्रेका सामाग्री बच्ने ६९ फर्म कारबाहीमा, १० लाख जरिवाना

बिज्ञापन
बिज्ञापन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ६९ वटा व्यावसायिक फर्मलाई कारबाही गरेर १० लाख ५० हजार जरिवाना गरेको छ।

बिज्ञापन

सो अवधिमा उक्त कार्यालयका प्रमुख हरिबहादुर खत्रीले इजाजत नलिएको, म्याद गुज्रेका वस्तुको बेचविखन गरेको, मूल्यसूची नराखेकोलगायत कसुरमा ती फर्मलाई कारबाही गरिएको जानकारी दिए।

बिज्ञापन

लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम र कर्णाली प्रदेशका सबै जिल्ला गरी १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्नेगरी उपभोक्ताको अधिकार हनन गर्नेलाई कारवाहीको दायरामा ल्याउन नियामक निकायलाई सुझाव दिएको छ।

उक्त कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४३, आव ०७९/०८० मा ३५ र आव ०८०/०८१ मा १४० फर्मलाई कारबाही गरेर ३२ लाख ९५ हजार जरिवाना असुल गरेको थियो।

बिज्ञापन