प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन्।
बिज्ञापन
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ‘प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरिएको छ,’ ती मन्त्रीले अनलाइनखबरसँग भने ।
बिज्ञापन
खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए। झापाको गौरादह स्थायी घर भएका खरेललाई त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकि थिइन्। ०६४ / ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए।
उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन्। खरेलले ०४७ सालको संविधान निर्माणमा माधव कुमार नेपालको कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए। नेपाल बार एशोसियसनका पूर्वमहासचिव समेत रहेका खरेलको बार काउन्सिलमा कानुन व्यवसायी लाइसेन्स नम्बर १४९४ रहेको छ।





